एमाले अन्नपूर्ण ७ वडा कमिटीको अध्यक्षमा विष्णु चयन
पाेखरा | पुस ८, २०८१
नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका ७ वडा कमिटीको दोस्रो वडा अधिवेशनबाट विष्णु चापागाई अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
शनिबार सम्पन्न वडा कमिटीको अधिवेशनले चापागाईको नेतृत्वमा १५ सदस्सीय वडा कमिटी निर्वाचित गरेको हो ।
उक्त कमिटीको उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा कमल गुरुङ , उपसचिवमा खुशीमान आले र लिला थापा मगर चयन भए ।
यसअघि उद्घाटन सत्रमा प्रमुख अतिथिसमेत रहेका पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले सामाजिक न्याय , विकास र समृद्धिको लागि सबै जना एमालेको झण्डा मुनी गोलबन्द हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण इन्चार्ज भरत मान गुरुङ, जिल्ला कमिटी सदस्य नविन गिरी, जिल्ला सदस्य एवं वडा इन्चार्ज प्रदिप गुरुङ , अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, पार्टी अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष चुडामणी अधिकारी, एमाले नेता श्याम गुरुङ, पुर्व वडा अध्यक्ष घनश्याम चापागाईं, नेपाली कांग्रेस वडा समिति सचिव परित्याग गरि एमाले प्रवेश गरेका ओम बहादुर गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच कार्यक्रममा नेकपा(एमाले) अन्नपूर्णका युवा नेता सन्तोष गुरुङको विशेष पहलमा नेपाली काँग्रेस क्षत्रीय समिति सदस्य केशवराज दुरा , अन्नपूर्ण –७ वडा इकाई सचिव ओम बहादुर गुरुङ र गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाट वडा सदस्य उम्मेदवार होम बहादुर थापाको नेतृत्वमा १३ जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए ।
कमिटीका कार्यबहाक अध्यक्ष महेश कुलुङ राइको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सदस्य राम गुरुङले गर्नुभएको थियो ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

